फेसबुकले सुरु गरेको गिफ्ट नामक अनलाइन सेवाबाट तपाइँले आफ्नो साथीलाई चाहेको उपहार पठाउन सक्नुहुनेछ । बिहिबार अमेरिकामा लञ्च भएको यो सेवा यो महिनाभित्रैमा अझै परिस्कृत भएर अन्य देशमा पनि लागु गरिने फेसबुकले बताएको छ ।
अमेरिकी फेसबुक प्रयोगकर्ताले यो सेवाको उपयोग गर्दै आफ्ना साथीलाई फेसबुकमार्फ उपहार पठाउन थालेसँगै अर्को महिनादेखि नै गिफ्ट सेवालाई परिस्कृत गरिँदै लगिनेछ ।फेसबुकमार्फ साथीलाई उपहार पठाउन प्रयोगकर्ताले आफ्नो फेसबुक फ्रेन्डको फेसबुक पेजमा गएर गिफ्ट नामको आइकनमा क्लिक गर्नुपर्नेछ । प्रयोगकर्ताको फेसबुक पेजको दायाँ भागमा यो आइकन देखिनेछ जसमा साथीको बर्थडे, विवाह तथा अरु महत्वपूर्ण इभेन्टका बारेमा समेत जानकारी दिइनेछ । जस्तैै यदि तपाइँको साथीको जन्मदिन दुइदिन पछि आउँदैछ भने उक्त साथीको नाम र तस्वीर सँगै त्यहाँ गिभ हर ए गिफ्ट नामको लिंक तथा गिफ्ट आइकन देखापर्नेछ।
उक्त आइकनमा क्लिक गरेपछि साथीलाई फेसबुकमार्फ दिन सकिने विभिन्न उपहारको लिष्ट आउनेछ । जस्तै कार्ड, चकलेट, कपकेक, गुडिया आदि ।
त्यसपछि उक्त उपहार प्राप्त गर्ने व्यक्तिलाई फेसबुकमार्फ नै आफ्नो खास ठेगाना खुलाउन आग्रह गरिन्छ । कतिपय अवस्थामा प्रापकलाई मन पर्ने उपहार छनोट गर्ने तथा उपहार साटेर अर्को सामान लिने सुविधा पनि प्राप्त हुन्छ ।
यो कदम इ कमर्शमा प्रवेश गर्ने फेसबुकको पहिलो कदमको रुपमा लिइएको छ । यस्तो उपहार आदानप्रदानमा उपहार प्रदान गर्नेको बैंक अकाउण्ट मार्फ पैसा तिरिन्छ र फेसबुकले उक्त उपहार वापतको सामानको बिक्रिको केही मुल्य कमिशन बापत लिनेछ । फेसबुकले अनलाइन मार्फ आदानप्रदान गर्न सकिने केही उपहारको सूचि समेत बनाएको छ । त्यसमा आइसक्रिम, फूल, खेलौना लगायतका रहेका छन् ।
0 comments:
Post a Comment