Breaking News
Loading...
Friday, October 12, 2012

Info Post

शुक्रबार अर्थात् आज रिलिज भएको बलिउड फिल्म अइयाले बक्स अफिसमा मध्यम सुरुवात गर्दा अर्को फिल्म भुत रिर्टनस् ले फ्लप हुने संकेत देखाएको छ ।
बलिउडमा आजै रिलिज भएको मनिषा कोइरालाको फिल्म भुत रिर्टनस् तथा अर्को फिल्म मख्खीका साथै चिटगंग, लग इन, तथा इन द नेम अफ टाइ लगायतका पाँच फिल्मको तुलनामा रानी मुखर्जीको अइयाले राम्रो रेस्पोन्स पाएको छ ।

अइया हेर्नका लागि भारतमा राम्रै संख्यामा दर्शकहरु हलसम्म पुगेका तथा हलका २५प्रतिशत कुर्सी भरिएका भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
ठूलो बजेटमा बनाइएको फिल्म अइया जसले लामो समयपछि रानी मुखर्जीलाई बलिउडमा पुनरागमन गरायो त्यसले सुरुवाती दिनमा खासै तहल्का पिटेन नसक्दा निर्माताहरु तर्सिएका छन् । यद्यपि अइयाले रात्री शो मा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
यता मनिषा कोइरालाको कमब्याकको रुपमा रहेको राम गोपाल बर्माको फिल्म भुत रिर्टनस् हर्ेन पनि आज सुरुको दिन खासै दर्शक हलसम्म पुगेनन् । भारतीय संचार माध्यमहरुका अनुसार भुत रिर्टनस् हर्ेन हलसम्म पुग्ने दर्शकहरुले आज फिल्म हलका केवल १० प्रतिशत मात्र कुर्सी भरिए ।
अनलाइनखबर

0 comments:

Post a Comment