Breaking News
Loading...
Saturday, October 6, 2012

Info Post

रेखा थापालाई बाँदर मन पर्न थालेछ। गुह्येश्वरीनजिकै उनको निवासतिर भेटिने बाँदरभन्दा उनको वरिपरी घुमिरहने बाँदरहरू उनलाई निकै मन पर्न थालेछन्। त्यसैले त उनले आफ्नो फेसबुक वालमा लेखिन्- 'बाँदर भन्ने जात..उफ् मेरै वरिपरि हुँदा रहेछन्..कस्तो नचिनेको मैले, तर आई लाइक मंकी..।' उनले बाँदर भनेर कसलाई भनेकी हुन् ? स्पष्ट नभए पनि उनले रिसको झोंकमा उक्त स्ट्याटस लेखेको प्रस्ट छ। कमेन्ट्स गर्नेहरूको जवाफमा उनले यस्तो लेखेकी छिन्- 'दुई-चारवटा बाँदर धपाएकै हो मैले। मुटु नभएका बाँदरहरूसँग के-को डर ? ड्याडी (छवि ओझालाई उनी ड्याडी भन्छिन्) को घरमा खुब आउँथे पशुपति नजिक भएर होला,' अहिले छविको घर छाडेर अम्बे अपार्टमेन्टमा बसिरहेकी रेखाले अर्को कमेन्टमा लेखेकी छिन्- 'हैन, ड्याडीकोमा हुँदा डाइरेक्ट वार पर्थ्यो, अचेल परबाट झम्टिन खोज्छन् बा। आफैं थाक्छन्, मर्ने बेलामा हरियो काँक्रो। विचरा जनावरहरूको के कुरा गर्नु ?' 'झम्टन पनि गाह्रो उफ्रिरहेको बूढो भएको बाँदरले मात्र उफ्रेर देखाउँछ अनि मकै खान दाँत पनि हुनुपर्‍यो नि,'- रेखाले यो कमेन्टबाट कसलाई हिर्काउँदै छिन्, आफैं बुझ्नुपर्ला।

0 comments:

Post a Comment