Breaking News
Loading...
Saturday, October 13, 2012

Info Post

म आफ्नो विगतलाई सम्मान गर्दै अर्को विवाह गर्ने तयारीमा छु। मैले विवाह गर्नै हुँदैन भन्ने होइन। हरिवंश दाइले त अर्को विवाह आवश्यक  मान्नुभयो भने मैले गर्दा के हुन्छ? मेरो पनि चाहना छ, एउटा माया गर्ने श्रीमान् होस्, काखमा बच्चा होस्, रमाइलो परिवार होस्। मिति नै  तोक्न त सक्दिनँ तर विवाहचाहिँ गर्छु। मेरो मात्र होइन, घरको पनि सपना हुँदो रहेछ- छोरीको राम्रो घरजम होस्, बच्चा होस् भन्ने। त्यसैले  परिवारले पनि घुमाउरो पाराले दबाब दिन थालेको छ। एक वर्षपछि त यस्तो दबाब अझ बढ्नेछ। म हतारमा विवाह गरेर फुर्सदमा पछुताउने  सोचमा छैन। त्यसैले पनि धेरै सोचेर मात्र विवाह गर्छु। भारतीय नायिका रेखा तीनवटा विवाह गरेपछि मात्र रेखा भएकी हुन्, मैले त विवाह नै  गरेकी छैन। हुनत बाहिर सबैलाई छविसँग मेरो विवाह भएको हो भन्ने लाग्छ, तर मेरो विवाह छविसँग भएको थियो कि थिएन त्यो मलाई  मात्र थाहा छ। त्यसैले पनि मैले अब गर्ने विवाह पहिलो विवाह हुनेछ। मैले केटा खोजेको समाचार पनि बेला-बेलामा आएका छन्, तर ती कुरा  सत्य होइनन्। विवाह भनेको भगवान्ले लेखेर पठाएका हुन्छन् तर मैले खोजेको केटा मेरो विगतलाई सम्मान गर्ने तथा मेरो पेसालाई बुझने  हुनुपर्छ। म अहिले कत्ति पनि एक्लो महसुस गर्दिनँ। यद्यपि ममीको साथ, दाइको साथ, दिदीको साथ सधै रहन्छ भन्ने छैन। त्यसैले पनि मैले  जीवनसाथी रोज्नुपर्छ भन्ने मलाई थाहा छ र म रोज्छु पनि। मैले खोजेको केटा चलचित्र क्षेत्रको हुने छैन। किनभने सिनेमा क्षेत्र मेरो माइती  जस्तै भएको छ। छविसँग मेरो आधिकारिक विवाह भएको थिएन। यदि, विवाह भएको भए किन म उसको सम्पत्ति फिर्ता गर्थें? म पनि  सम्पत्तिको आधा भाग खोज्न सक्थें, तर मैले त्यसो गरिनँ। एक समय मेरो मनमा आमा बन्ने चाहना बढेको थियो। तर, अहिले त्यो चाहना  घटेको छ।
(अनलाइन खबरबाट)

0 comments:

Post a Comment