Breaking News
Loading...
Saturday, October 13, 2012

Info Post

बलिउडकी नेपाली बाला मनीषा कोइरालाले आफ्नो व्यक्तिगत जिन्दगीका पाटाहरू खोल्दै अहिले आफूले परिवारजनसँग बढी समय बिताउने अनि विभिन्न समारोह तथा पार्टीमा समेत उतिसारो सहभागिता नजनाउने कुरा बताएकी छिन्। वैवाहिक जीवन असफल भएको विषयमा  मनीषाले भनेकी छिन्, 'केही मानिस बिहेका लागि बनेका हुन्छन् तर कोही हुँदैनन्। म बिहेका लागि बनेकी रहेनछु। अहिले हामी दुई (मनीषा र  सम्राट) अलग भैसकेका छौँ। हामी दुवै राम्रा मान्छे हौँ, उसको परिवारका सदस्यहरू पनि निकै राम्रा छन्। म उसको परिवार र उसको मन  दुखाउन चाहन्नँ। म ऊ र उसको परिवारको इज्जत गर्छु।' मनीषाले डिभोर्सको मुख्य कारण नखोले पनि आफ्नो भाग्यमा बिहे नलेखेको भएरै  आफ्नो वैवाहिक सम्बन्ध असफल भएको बताएकी छिन्। यस अर्थमा उनले आफ्नो डिभोर्समा भाग्यलाई नै दोष दिएकी छिन्।

0 comments:

Post a Comment