चीनमा एक व्यक्तिलाई धोकाधडीको आरोपमा जन्मकैदको सजाय सुनाइयो । ११ वर्ष जेलमा विताउँदा पनि उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएन ।
अब अदालतले ८ लाख २५ हजार युआन अर्थात १.३१ लाख अमेरिकी डलर रेकर्ड क्षतिपूर्ति दिन आदेश दिएको छ । उनलाई प्रतिदिन १६२.६४ युआनका दरले क्षतिपूर्ति दिन भनिएको छ । सरकारी समाचार पत्र सदर्न मेट्रोपोलिस डेलीका अनुसार ग्याँडोङ्ग प्रान्तको सर्वोच्च अदालतले ३९ वर्षीय हुआन लीको क्षतिपूर्तिको रुपमा रेकर्ड रकम दिन आदेश दिएको हो ।यसअघि यस्तो मुद्धामा अहिलेसम्म कसैलाई पनि यती ठूलो रकम क्षतिपूर्ति नदिइएको बीबीसीले जनाएको छ । अदालतका अनुसार जेलमा राखिएृको समयमा लीको स्वतन्त्रता त हनन भयो नै, उनलाई मानसिक र भावनात्मक तनावबाट समेत गुज्रनु पर्यो ।
ली सन् १९९९ मा पक्राउ परेका थिए र १ वर्षपछि जन्मकैदको सजाय सुनाइएको थियो । आरोप प्रमाणि नभएपछि उनलाई २०१० मा रिहा गरिएको थियो ।
0 comments:
Post a Comment