Breaking News
Loading...
Friday, November 30, 2012

Info Post

केही हप्ता अगाडी रिलिजमा आएको सिनेमा ‘भेटी’ चुर्लुम्म डुबेपनि हरेस नखाएका निर्माता नारायण खतिवडाले पुनः अर्को ‘मिसकल’ नामक सिनेमा निर्माण गर्ने भएका छन् । किशोर चौधरीले निर्देशन गर्ने ‘मिसकल’ को निर्माणसँगै नायिका रेखा थापा र नायक आर्यन सिग्देलको मनमुटावले पुनः उग्ररुप लिने संकेत देखिएको छ ।


हुनत रेखा र आर्यन ‘मिसकल’ को लागी फाईनल भइसकेका क्यारेक्टरहरु भने होइनन् । तर पनि निर्माण पक्षले रेखाको अपोजिटमा आर्यनलाई लिने योजना बनाएको थियो । निर्माण पक्षको योजनाले त्यतीखेर फेल खायो जतिबेला नायिका रेखा थापाले आर्यन सिग्देल हुने सिनेमामा आफु एक सिन पनि नखेल्ने अड्डी कसीन् । आखिर किन रेखाले आर्यनसँग सिनेमा खेल्न अस्विकार गरिन् त उनी स्वयम् भन्छिन् , ‘फल्प हिरोसँग सिनेमा खेलेर आफ्नो वदनाम गर्न चाहन्न ।’
कुनै समय तपाईले नै आर्यन सिग्देल नेपालको 'नम्बर वान' हिरो भन्दै हिड्नु हुन्थ्यो तर अहिले कसरी फल्प भन्दै हुनुहुनछ त ? रेखा घमण्डका साथ भन्छिन्, ‘आर्यनले म सँग अभिनय गरेका सिनेमाहरु मात्रै हिट भए, अरु सबै फल्प छन् त्यही भएर मैले उसलाई फल्प हिरो भनेको हुँ ।’ त्यसो भए सिनेमा ‘मिसकल’ मा आर्यनको विकल्प अर्थात रेखाका रोजाइका सुपरहिट हिरोहरु को को हुन त ? यो विषयमा रेखाले केही मुख खोल्न नचाहे पनि निर्माता नारायण खतिवडा भने रेखाले जीवन लुइँटेल र सविन श्रेष्ठको डिमान्ड गरेको बताउँछन् ।


त्यस्तै निर्माण यूनिटका अनुसार नायक आर्यन सिग्देलले पनि सिनेमा ‘मिसकल’ मा रेखाको ठाउँमा नायिका नम्रता श्रेष्ठलाई सिफारीस गरेका छन् । यस विषयमा थप आर्यन स्वयमसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । नायिका रेखा थापा र नायक आर्यन सिग्देलको उक्त अड्डीले ‘मिसकल’ यूनिट भने मारमा परेको निर्माता नारायण खतिवडा गुनासो पोख्छन् । यही फागुनको पहिलो हप्ताबाट फ्लोरमा जाने बताइएको यस सिनेमामा देखिएको रेखा र आर्यनको युद्धमा कस्ले जित हाँसिल गर्ने हो, त्यो थाहा पाउने भने केही समय कुर्नैपर्ला ।


0 comments:

Post a Comment