Breaking News
Loading...
Tuesday, January 22, 2013

Info Post

नायिका हर्षिका श्रेष्ठ र नायक विक्की मल्ल आई क्लबको डिस्कोमा रमाएका छन् । आइतबार दिनभर नै उनीहरु काठमाण्डौको आई क्लबमा रोमान्स गर्दै थिए ।चलचित्र ‘नागबेली’ मा समावेश ‘हिजो त्यो बितिसक्यो भोली को भर’ बोलको डिस्को गीतमा यि दुई जोडीको रोमान्स हेर्न सकिन्छ । गीतमा शिवानी मोक्तान, शीतल मोक्तान र सागरले आवाज भरेका छन् । चलचित्रमा शित्तल मोक्तानले संगीत भरेकी छिन् । यो गीतलाई गोविन्द राइले नृत्य निर्देशन गरेका हुन् । गोविन्द सिनेमाका निर्देशक समेत हुन् ।
चलचित्रमा यशराज, दयाहाङ राईका साथमा नव कलाकार सम्भत श्रेष्ठको पनि अभिनय छ । दिपेन्द्र लामाले लेखेको कथामा तयार हुन लागेको चलचित्रको ७० प्रतिशत छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ ।

0 comments:

Post a Comment