बैंकको रकम चोर्न सफल भएपछि बाबुले छोरालाई दुईवटा चरा एउटै ढुंगाले मार्न म्यासेजमार्फत सिकाएका छन् । अदालतले छोरालाई अपराधी बनाउन लागिपर्ने उक्त व्यक्तिलाई १८ महिना जेल सजाए फैसला गरिसकेको छ । फैसलापछि भनिएअनुसार उनले छोरालाई ‘तिमीले चाह्यौ भने दुईवटा चरालाई एउटै ढुंगाले मार्न मात्रै होइन, यो संसारबाट तिम्री आमालाई सिध्याइदिन पनि सक्छाौ’ भन्दै उक्साएका थिए ।हरेक आमाबाबुको चाहना हुन्छ– आफ्ना सन्तान असल बनुन्, सत्मार्गमा अघि बढेर समाजमा प्रतिष्ठित बनुन् । आफूले कयौं पीडा अनि दर्द सहेर छोराछोरीलाई असल मार्गमा हिँडाउन बाबुआमा लागिपरेका हुन्छन् । तर, आफ्नै सन्तानलाई एउटा बाबुले कुकर्म गराउन प्रोत्साहित गर्छ भन्दा झट्ट विश्वास लाग्दैन । तर, इङ्ल्यान्डका एक बाबुले नौ वर्षका छोरालाई अपराधी बन्ने बाटोतर्फ डोहोर्याएका छन् ।
उनले आफ्नै श्रीमती अर्थात् बालककी आमाको हत्या गराउन नौ वर्षे छोराको प्रयोग गरेका हुन् । ती व्यक्तिले तीन हजारवटा फेसबुक म्यासेज पठाएर छोरालाई आमाको हत्या गर्न सिकाएका थिए । अदालतले बालकसँग जोडिएको अपराध भएकाले उक्त घटनामा जोडिएका सबै व्यक्तिको पहिचान भने लुकाएको छ । श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेपछि छुट्टिएर बसेका उनले छोरालाई अपराधी बनाउन सामाजिक सञ्जाल फेसबुकको सहायता लिएका हुन् । उनले छोरालाई चुरोटमा विष मिसाएर आमाको हत्या गर्न लगाएका हुन् ।
सुरुआतमा आमाको बैंक कार्ड र पिन नम्बर चोरेर तीन सय डलर चोर्न सिकाए । बाबुको आइडियाअनुसार चलेका नौ वर्षका बालक पहिलो काममा पास भए । आमा र सौतेनी बाबुसँग ब्रेडफोर्ड सहरमा बस्दै आएका बालकलाई अपराधी बनाउन पठाइएको फेसबुक म्यासेजमा पटकपटक ‘तिम्री आमा स्वार्थी छ । म उनीसँग बसेकोमा घृणा गर्छु’ भनेर बाबुले बालकको मनमा आमाप्रति नकारात्मक विचार भरेका थिए ।
बैंकको रकम चोर्न सफल भएपछि बाबुले छोरालाई दुईवटा चरा एउटै ढंगाले मार्न म्यासेजमार्फत सिकाएका छन् । अदालतले छोरालाई अपराधी बनाउन लागिपर्ने उक्त व्यक्तिलाई १८ महिना जेल सजाए फैसला गरिसकेको छ । फैसलापछि भनिएअनुसार उनले छोरालाई ‘तिमीले चाह्यौ भने दुईवटा चरालाई एउटै ढुंगाले मार्न मात्रै होइन, यो संसारबाट तिम्री आमालाई सिध्याइदिन पनि सक्छौ’ भन्दै उक्साएका थिए ।
न्यायाधीश जनाथन रोजका अनुसार ती व्यक्ति श्रीमतीसँगको सम्बन्धविच्छेदपछि छोरासँग छुट्टिनु पर्दा चरम निराशामा थिए । श्रीमती मरेपछि छोरा आफूसँगै आउने आशामा छोराको मनमा आमाप्रति चरम निराशा जगाउने उद्देश्यले फेसबुकमार्फत म्यासेज पठाउन थालेका थिए । म्यासेज आदानप्रदानको क्रम बढ्दै गएपछि भने उनले आमालाई मार्नै उक्साउन लागेका हुन् ।
गत वर्षको जुन महिनादेखि बालककी आमा नयाँ श्रीमान्सँग बस्न थालेकी थिइन् । एकपटक बालकले चोरी गरेको थाहा पाएपछि आमाले एक चड्कन लगाएकी थिइन् । बालकले बाबुलाई फेसबुक म्यासेजमा आफूले कुटाइ खाएको पनि बताएका छन् । त्यही घटनापछि बाबुले बालकको मनमा आमाप्रति नकारात्मक दृष्टिकोण उब्जाउन जतिसक्दो पहल गरेको अधिवक्ता किट्टी टेलरले बताए ।
पिता छोरालाई अपराधी बनाउन आमालाई थाहा नदिई स्कुलमा भेट्ने गर्थे, कि त फेसबुकबाट म्यासेज पठाउने गर्थे । ‘जब छोरालाई भेट्थे, सकेसम्म आमालाई गालीका शब्दहरू प्रयोग गर्दै उनीबारे नकारात्मक कुराहरु सुनाउँथे’, बयानका क्रममा ती व्यक्तिले बताएका कुरा सुनाउँदै न्यायाधीश रोजले भने । अभियुक्तका तर्फबाट मुद्दा लडेका अधिवक्ता आन हड्सनले भने उक्त व्यक्तिले मायाको अभावमा छोरालाई अपराधी बनाएको बताए ।
(एजेन्सीको सहयोगमा)
0 comments:
Post a Comment