दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो सिनेमालाई आश्मा फिल्मस्को व्यानरमा तयार गरिएको हो । चलचित्रमा राज घिमिरे, प्रियंका कार्की, मेनुका प्रधान, शंकर आचार्य, दीपशिखा शाहीको साथमा नव कलाकार ए गुरुङको अभिनय छ । चलचित्रमा शान बस्नेतको कथा, पुरुषोत्तम प्रधानको स्टेरियोग्राफी, सूर्य थोकरको द्वन्द्व, भुपेन्द्र खड्काको गीत, सुरेश राइको संगीत समावेश छ ।
यो फिल्मलाई क्यूएफएक्स र एफ.सी.यु.बी.ई. सिनेमा हलहरुमा प्यासिब थ्री डीमा पोलाराइज्ड ग्लास मार्फत अंग्रेजी फिल्मकै ढाँचामा हेर्न सकिने निर्माण पक्षले दावी गरेको छ । यो सिनेमाले समाजमा रहेका कुरीति र दण्डहिनताका विषयलाई मनोवैज्ञानिक ढंगले प्रस्तुत गरिएको बताइएको छ । थि्रडी प्रविधिका विषयमा लामो समयको अध्ययन पश्चात मात्र सिनेमा निर्माण गरिएको निर्देशक खनालले बताए ।
स्टेरियोग्राफीको मद्दतले छायांकन स्थलमै नै चलचित्रलाई थि्रडी टेक्नोलोजी माध्यमबाट खिचिएको हो । कार्यक्रममा चलचित्रका कलाकार तथा निर्माण पक्षको सहभागिता थियो । कार्यक्रममा चलचित्रको प्रोमो थ्रीडी प्रविधिमिा देखाइएको थियो ।आउँदो चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाले नेपाली चलचित्रको क्षेत्रमा नयाँ आयाम थप्ने निर्माण पक्षको विश्वास छ ।

0 comments:
Post a Comment