Breaking News
Loading...
Friday, August 10, 2012

Info Post
साउन २६- इलामका सिद्धिप्रसाद राई बिहीबार मृत अवस्थामा फेला परेका छन्। बुधबार राति राम्रै अवस्थामा सुत्न गएका राई बिहान मृत भेटिएको उनीसँगै कार्यरत उमेश अधिकारीले बताए। उनी दक्षिण कोरियाको आसानस्थित एओमोओएन जीन इन्डष्ट्रियल कम्पनीमा गाडीको सिट बनाउने काम गर्थे। घटनाबारे जानकारी पाएपछि सउलस्थित नेपाली राजदुत कमानसिंह लामा सहितको टोली घटनास्थल पुगेको थियो। कम्पनी र सँगै कार्यरत साथीलाई समेत बुझ्दा काम असजिलो नभएको र कार्य वातावरण, बस्ने, खाने, सुत्ने जस्ता ठाउँहरु पनि राम्रो पाइएकोले मृत्युको कारण बुझ्न नसकिएको दुतावासले जनाएको छ। इपीएसबाट २ वर्ष अगाडि कोरिया आएका राईको मृत्यु बारेमा उनको परिवारलाई परराष्ट्र मन्त्रालयमार्फत् जानकारी पठाइसकिएको छ। राईको मृत्युको कारण खुल्न सकेको छैन। हाल शव आसानस्थित एक अस्पतालमा राखिएको छ। पोष्टमार्टम रिपोर्ट शुक्रबार आउने नेपाली दुतावासले जनाएको छ। पछिल्लो समय कोरियामा मृत्यु र आत्महत्याको घटना बढेको छ। गत साउन १० र ११ गते दुई जना नेपालीले आत्महत्या गरेको एक महिना पनि नपुग्दै यो घटना भएको हो।

0 comments:

Post a Comment