- एकीकृत माओवादीले नयाँ जाल फाल्यो : नेता ओली
Info Post
र्लाही, साउन २६ - नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले एकीकृत माओवादीले बनाउने भनेको सङ्घीयता पक्षधरको मोर्चा सत्ता कब्जाको उद्देश्यले फालिएको अर्को एउटा जाल मात्र भएको आरोप लगाएका छन्। युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा उनले सत्ता कब्जाको उद्देश्यले जालो फालिएको बताए।
उनले अहिले देशलाई जातीय दलदलमा फसाएर माओवादीले सत्ता कब्जा गर्न सकिन्छ कि भनेर नयाँ नारा ल्याएको उल्लेख गरे।
संविधान नबन्नुमा एकीकृत माओवादीको सत्ता कब्जाको एक मात्र उद्देश्यले काम गरेकाले अरु अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गर्दै नेता ओलीले जातीय समानता, सामाजिक न्याय र अवसरमा पहुँच आवश्यक रहेको र त्यो काम एमालेले मात्र गर्न सक्ने जिकिर गरे। - रासस
0 comments:
Post a Comment