Breaking News
Loading...
Friday, August 10, 2012

Info Post
आर.बी. के. शरदले यसअघि निर्देशन गरेको चलचित्र ‘नैना रेशम’ सांगीतिक र व्यवसायिक रुपमा चर्चित बनेको थियो । सोही चलचित्रबाट उनी नेपाली सिनेमा क्षेत्रमा आशा लाग्दा निर्देशकको रुपमा देखिएका थिए । नैना रेशमपछि उनले निर्देशन गरेको चलचित्र ‘नबोलेनी हाँसी राख न’ रिलीजका लागि तयार भएको छ । यो सिनेमा कात्तिकको ३ गतेबाट रिलीजमा आउने भएको छ । चन्द्रकुमारीको निर्माणमा तयार भएको चलचित्र ‘नबोलेनी हाँसी राख न’ मा वसन्त सापकोटाको संगीत रहेको छ । राजेन्द्र खड्गीको द्वन्द्व, शम्भु सापकोटाको छायांकन रहेको यो चलचित्र पूर्णतया सांगीतिक लभस्टोरी धारमा निर्माण भएको छ । चलचित्रले निस्वार्थ सेवा नै धर्म हो भन्ने भावलाई समेत उठाउन खोजेको निर्देशक शरदले बताएका छन् ।
#onlinekhabar

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment